दफा १७०
कम्पनी सल्लाहकार बोर्ड र कम्पनी बोर्डको सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था
 (१) दफा १६८ बमोजिम गठन हुने कम्पनी सल्लाहकार बोर्डको सचिवालय कम्पनी रजिष्ट्रारको कार्यालयमा
रहनेछ ।
(२) दफा १६९ बमोजिम गठन हुने कम्पनी बोर्डको सचिवालय उद्योग मन्त्रालयमा रहनेछ ।
(३) कम्पनी बोर्डको सचिवालयमा नेपाल सरकारले तोकेको सङ्ख्यामा कर्मचारीहरु रहनेछन्।